पर्वतमा एमालेका दुई महिला सदस्यहरु निर्विरोध निर्वाचित

पर्वत । स्थानीय तहको निर्वाचनमा पर्वतमा नेकपा एमालेका दुई जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरु लक्ष्मी बिक र बिन्दु जिसी थकाली निर्विरोध निर्वाचित भएका हुन् ।

जिल्लाको कुस्मा नगरपालिका– १० पिपलटारीमा महिला सदस्यमा विन्दु जिसी थकाली र मोदी गाउँपालिका– ४ मा दलित महिला सदस्यमा लक्ष्मी विक निर्वाचित भएका हुन् । अन्य कसैको पनि सो पदमा उम्मेदवारी नपरेकोले उनीहरु निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय पर्वतले जानाकारी दिएको छ ।

दुई जना उम्मेदवार निर्विरोध निर्वाचित भएपछि अब ३ सय १७ पदमा प्रतिस्पर्धा हुने भएको छ । निर्वाचित हुनु अगावै पर्वतमा सात स्थानीय तहमा ३ सय १९ पदका लागि निर्वाचन हुँदै थियो । जसमा जिल्लाभर ९ सय ५७ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया