पाँचथर । पाँचथरको हिलिहाङ पागाउँलिका– ६ मा बुधबार राति अज्ञातत समूहले स्काभेटरमा आगजनी गरेका छन् ।
गाउँपालिकाको योजनाअन्तर्गत बाटो खन्ने काम सकेर राखिएको अज्ञात समूहले चेन वाला स्काभेटरमा आगजनी बताइएको छ । अविरे भन्ने ठाउँमा रहेको स्काभेटरमा आगजनी भएको स्थानीय समाजसेवी ओमनाथ रिजालले जानकारी दिए ।
मदन गौतमको वोसन कम्पनीको स्काभेटर रहेको बताइएको छ । उक्त आगजनीबाट एक करोड पचास लाख बराबर क्षति भएको रिजाललले बताए । उक्त घटनाबारे छानबिन लागि जोरपोखरी प्रहरी चौकीमा निवेदन परिसकेको छ।
प्रतिक्रिया