बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

बझाङ । बझाङमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । बझाङको छविसपाथिभेरा गाउँपालिका–भाँडेबगर बजार नजिकै रहेको किन्द्राल भीरमा जिप दुर्घटना हुँदा चालक ५० वर्षीय जयबहादुर सार्कीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बुधबार बिहान छविसपाथिभेरा गाँउपालिकाकोे बाहुन डाँडाबाट मोरीबगरतर्फ आउँदै गरेको से १ ज ६७६ नम्बरको जिप सडकवाट ४०० मिटर तल सेतीनदीमा खसेको जिपमा चालक मात्र रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टले बताए ।

जिप चालक सार्की छविसपाथिभेरा–३ बामनडाँडाका रहेकोे विष्टले जानकारी दिए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भैरहेको डिएसपी विष्टले बताए ।

प्रतिक्रिया