कैलालीमा श्रीमतीले श्रीमानको हत्या गरेर टाउको प्रहरीमा बुझाइन्

कैलाली । एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । जिल्लाको मोहन्याल गाउपालिका-१ राक्सामा घर भएकी ३२ वर्षीया चुमाकुमारी थापा बुढामगरले ४३ वर्षीय श्रीमान नारायण बुढा मगरको हत्या गरेकी हुन् । उनले आइतबार राति १२ बजेतिर धारिलो हतियार प्रयोग गरेर आफ्नै श्रीमानको हत्या गरेको स्वीकार्दै इलाका प्रहरी कार्यलय पण्डौनमा मृतकको टाउको बुझाएकाे कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

उनले भने, ‘हत्या गरी टाउको बोरामा हालेर इलाका प्रहरी कार्यालय, पण्डौनमा बुझाएकी हुन् । यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ मृतक नारायण बुढा मगरको टाउको र शरीर अलग पारिएको अवस्थामा छ । श्रीमान-श्रीमतीबीच यसअघि पनि बेलाबेला झगडा हुने गरेको बुझिएको प्रहरीले जनाएको छ । मृतकको मुचुल्का उठाउन प्रहरी घटनास्थल पुगेकाे छ ।

प्रतिक्रिया