काठमाडौं : आज शुक्रबार दुई चलचित्र रिलिज हुँदै छन्– विरासत र जबजब माया बस्छ । यी दुवै चलचित्र मोफसलको प्रदर्शनपछि उपत्यका भित्रिन लागेका हुन् । त्यस्तै गत हप्ता उपत्यकाभित्रबाट रिलिजमा आएका भेटी, नबोलेनि हासिराख र आई एम इन लभ आजबाट मोफसलतिर पनि जाँदै छन् ।
विरासत गोविन्द गौतमको निर्देशनमा तयार भएको चलचित्र हो भने जब जब माया बस्छ विजय थापाले निर्देशन गरेका हुन् । पद्मकुमारी फिल्म्स प्रालि ब्यानरको विरासतमा भुवन केसी, सोनिया केसी मुख्य भूमिकामा छन् । रिमेस अधिकारी निर्माता छन् भने विपीन आचार्यको संगीत, जनक गुरुङको द्वन्द्व अनि बब्बु थापाको नृत्यनिर्देशन छ ।
मणिराम पौडेल निर्मित जबजब माया बस्छमा जीवन लुइँटेललगायत मुख्य भूमिकामा छन् । प्रेमकथालाई विषयवस्तु बनाएको यो चलचित्रले मोफसलमा जस्तै काठमाडौं उपत्यकामा पनि सफलता हात पार्ने आश निर्माणपक्षले गरेको छ । (सौस)
प्रतिक्रिया