पोखरा, १८ कात्तिक । कांग्रेस नेता अर्जुन नरसिंह केसीले पार्टीले नयाँ निर्वाचनमा जाने निर्णय गरिसकेकाले अब कुनै पनि हालतमा सो निर्णय परिवर्तन नहुने बताएका छन् ।
नेपाल प्रेस युनियनले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले कांग्रेस संविधानसभा पुनःस्थापनामा जान नसक्ने वताए । पूर्व सभासद्ले पार्टी निर्णय विरुद्ध पुनःस्थापनाका लागि लविङ् गरिरहेका बेला नेता केसीको पुनःस्थापनाको विपक्षमा धारणा आएको हो ।
नेता केसीले भने, ‘पुनःस्थापनाको कुरा गरेर एकीकृत माओवादीले विपक्षी दलहरुलाई फकाउने र गलाउने सोंचमा लागेको छ ।’ उनले एमाओवादीको षड्यन्त्रबाट आफूहरु जानकार रहेको भन्दै तिहार पछि आन्दोलन चर्काउने बताए ।
उनले कांग्रेसले मुलुकलाई बजेट विहिनताको अवस्थामा राख्न नचाहेको बताए । ‘मुलुकलाई बजटे दिनु पर्छ,’ उनले भने, ‘तर, पूर्ण बजेट ल्याउने अधिकरा वर्तमान सरकारलाई छैन ।’
नेता केसीले एकलौटी रुपमा बजेट ल्याउन सरकार विपक्षीलाई पेलेर अगाडि बढेने सोंचमा रहेको भए मुलुकमा द्वन्द्व चर्कने चेतावनी दिए ।
प्रतिक्रिया