बाल्ट्राको सिठ्ठी योजनाका विजेता छनोट

काठमाडौं । बाल्ट्रा होम एप्लायन्सले सर्वसाधारणका लागि ल्याएको ‘बाल्ट्रा बडा उत्सव’ योजना अन्तर्गत पहिलो, दोस्रो र तेस्रो साताका विजेता सार्वजनिक गरिएको छ । बाल्ट्राको कुनै पनि सामानको खरिद गरी सहभागी मध्ये गोलाप्रथाद्वारा काठमाडौंकी उन्नति श्रेष्ठ पहिलो साताको विजेता बन्न सफल भएकी छिन । त्यसैगरी सुर्खेतकी ईश्वरी वि.क दोस्रो साता र जीतपुरका राजकुमार सोनी तेस्रो साताका विजेता बन्न सफल भएकी हुन ।

यस योजनाका सबै विजेताले २२ क्यारेट, ४ ग्राम नेट तौलको सुनको सिठ्ठी प्राप्त गर्नेछन । मुलुकभर भर रहेका बाल्ट्राका आधिकारिक बिक्रेता बाट जुनसुकै सामानको खरिद गर्ने ग्राहक यस प्रतियोगितामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । सहभागी हुनको लागि टाईप गरी ३४००१ मा एसएमएस गर्नुपर्ने हुन्छ । उपहार दाबी गर्नका लागि विजेताले सामान खरिद गरेको भ्याट÷प्यान बिल ल्याउनुपर्छ र उपहारमा लागू हुने कर विजेता आफैले व्यहोर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया