छठ पर्व मनाउने क्रममा साडीमा आगो लागेर महिला गम्भीर घाइते

जलेश्वर । महोत्तरीको सदरमुकाम जलेश्वरको साहुजीपट्टीस्थित छठघाटमा छठ पर्व मनाउने क्रममा साडीमा आगो लाग्दा एक व्रतालु महिला गम्भीर घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गएराति १० बजे छठघाटमा पूजाको दिप प्रज्ज्वलन गर्ने क्रममा जलेश्वर नगरपालिका– ६ बस्ने ८८ वर्षीया फूलकुमारी कर्णको साडीमा आगो सल्किएकाले उनी गम्भीर घाइते भएकी हुन् ।

आगोले उनको महिलाको हात, खुट्टा र शरीरका विभिन्न भागमा पोलेकाले उपचारका लागि तत्काल जलेश्वर जिल्ला अस्पताल लगिएकामा थप उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएकाले गएराति नै काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया