सामूहिक बलात्कारको आरोपमा तीनजना पक्राउ

म्याग्दी । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन युवकलाई नियन्त्रणमा लिएको छ । बेनी नगरपालिका–५ पुलाचौरकी एक महिलालाई बलात्कार गरेको किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय प्रवेश रामदाम पक्राउ परेका हुन् ।

उनीहरूमध्ये एकजनालाई रुपन्देही र दुई जनालाई पोखराबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए । एक्लै सुतिरहेकी महिलालाई ती युवकहरुले धम्क्याउँदै पालैपालो बलात्कार गरेको भन्ने पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राईले बताए ।

प्रतिक्रिया