जसले लाइभमै पिइन् कीटनाशक . . .

वेइजिङ । एक सोसल मिडिया इन्फ्लूएन्सरले लाइभ स्ट्रिमका बेला कीटनाशक सेवन गर्दा मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाले बताएका छन् । २५ वर्षीया लु जियो माओ माओ जीलाई गत अक्टोबर १४ तारिख, बिहिबार कीटनाशक सेवनपश्चात् अस्पताल लगिएको थियो । उनको भोलिपल्ट मृत्यु भएको उनको परिवारले चिनियाँ मिडिया ‘द पेपर’लाई जानकारी दिए । सोसल मिडिया डोउयिनमा उनको अन्तिम भिडियोमा आफ्ना ६,७०,००० फलोअर्सलाई भनिन्, ‘यो सम्भवतः मेरो अन्तिम भिडियो हो किनभने म पछिल्लो लामो समयदेखि डिप्रेशनसँग जुधिरहेकी थिएँ ।’

उनका अनुसार उनी करिब दुई महिना अस्पालतमा समेत बसेकी थिइन् । लुओले थपिन्, ‘यो लाइभस्ट्रिम भिडियो कुनै उत्पादन बिक्रिका लागि विज्ञापन होइन ।’ ‘उनले कीटनाशकको बोतल लिँदा उनका कतिपय फलोअर्सले उनलाई ‘छिटो पिउन’ उक्साइरहेका थिए,’ द ग्लोबल टाइम्सले बताएको छ । यद्यपि, कतिले पनि प्रहरीलाई बोलाइदिने पनि बताइरहेका थिए ।

लुओकी साथी बताउने एकजनाले उनले आफ्ना पूर्व प्रेमीको ध्यान खिच्न यस्तो गरेको जानकारी दिँदै ज्यान नै लिने सोच भने उनले नबनाएको स्पष्ट पारिन् । उनकी साथीले भनिन्, ‘उनले त्यो कीटनाशक कुनै पेय पदार्थसँग मिसाएर पिएकी थिइन् । उनलाई कसैले उक्साएका कारण उक्त कीटनाशक पिएकी थिइन् । लाइभस्ट्रिम समाप्त भएपछि उनी आफैंले एम्बुलेन्स बोलाएकी थिइन् ।’ स्रोतका अनुसार कीटनाशकको सेवनपश्चात् उनी आफैंले एम्बुलेन्स बोलाएकी थिइन् । लुओले आफ्नो सोसल मिडिया अकाउन्टमा कूल ३८ भिडियो प्रकाशित गरेकी छिन् जसमध्ये धेरै फेसनसँग सम्बन्धित छ ।

प्रतिक्रिया