मोडलिङमा जम्ने तिर्सना

लिउड नायिका रानी मुखर्जीकी विशेष फ्यान हुन्, तिर्सना बुढाथोकी । उनैबाट प्रेरित भएर मोडलिङमा लागेको बताउँछिन् । धादिङ, सल्यानकोट–७ की बुढाथोकी मोडलिङमा स्थापित हुने ध्याउन्नमा छिन् । प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेर अध्ययनलाई अगाडि बढाइरहेकी उनी पत्रपत्रिका पढ्नु, टिभी हेर्नु, भ्रमणमा निस्कनुलाई आफ्ना रुचि बताउँछिन् । अनि मोडलिङचाहिँ सानैदेखिको सपना रहेछ । भन्छिन्– ‘त्यही सपना पूरा गर्दै यसै क्षेत्रबाट नाम कमाउने लक्ष्य लिएकी छु ।’
नारीको सौन्दर्य बाहिरी रूपले नभई आन्तरिक क्षमताबाट झल्कनेमा विश्वास गर्ने यी सुन्दरीले वानपिस र सारी लगाउँदा थुप्रैले भनेका छन् रे– ‘वा, क्या सेक्सी †’ त्यसो भए ‘सेक्स’ लाई कसरी बुझेकी होलिन् त यिनले ? ‘सेक्सबिना त मान्छेको जीवनको अर्थ नै छैन’, उनको बुझाइ ।
मोडलिङबाहेक सफल व्यवसायीका रूपमा पनि चिनिन चाहन्छिन् उनी । त्यसैले फुर्सदको समयमा व्यापारतिर ध्यान दिइरहेकी हुन्छिन् ।

शब्द/तस्बिर : ज्ञानेन्द्र कार्की
पहिरन : फुलमुन, पुतलीसडक चोक

प्रतिक्रिया