हाम्रो पार्टीमा महिलालाई उच्च स्थान दिइनेछ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आँट र हिम्मत हुनेहरुले कम्युनिस्ट आन्दोलन बचाउन नयाँ अभियान थालेकाे बताएका छन् । अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रिय कमिटि बैंठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

सो क्रममा उनले भने, ‘हाम्रो पार्टिमा महिलालाई उच्च स्थान दिइने छ । त्यसमा पनि युवाहरुलाइ प्राथमिकता दिइने छ । पार्टी छोरी र आमाको पार्टी बनाउने छु ।’ अध्यक्ष नेपालले अखिल नेपाल महिला संघले तयार गरेको जमातले भोलि पार्टी चलाउने बताए । पार्टीमा अध्यक्ष वा उपाध्यक्ष महिला बनाउने तयारी गरेको समेत उनले बताए । उनले भने, ‘त्यसका लागि अनेमसंघले पार्टीमा महिलाको सहाभागिता बढाउन पर्छ, अब एक तिहाइ होइन पार्टिमा दुई तिहाइ महिलाको प्रतिनिधित्व गराउनु पर्छ ।’

अध्यक्ष नेपालले भने, ‘अनेमसंघको कार्यकर्ता बिचारले खारिएर आएको हुनपर्छ, कामका आधारमा मुल्यांकन हुनुपर्छ । हाम्रो काम अरुलाइ भत्काउने बिगार्ने होइन, समाज निर्माणका लागि हुनेछ ।’ समाज परिवर्तन र घरव्यवहार कुशलता पूर्वक चलाउन महिलाको भुमिका महत्वपूर्ण हुने बताउदै अध्यक्ष नेपालले महिलाका निम्ति पार्टीले महत्त्वपूर्ण अवसर प्रदान गर्ने बताए । उनले भने, ‘अहिले पनि पार्टीमा महिलाइ उच्च स्थान र जिम्मेवारि दिइएको छ । भोलिका दिनमा यसलाइ बिस्तार गरिने छ ।’ कार्यक्रममा केन्द्रिय सदस्यहरुलाई संघकी अध्यक्ष जयन्ती राइले सपथ गराएकी थिइन् ।

प्रतिक्रिया