सिद्धार्थ बैंकद्वारा जोन्ता क्लबलाई सहयोग

काठमाडौ । सिद्घार्थ बैंक लिमिटेडले कमलादी स्थित जोन्ता क्लब काठमाण्डौं नेपाललाई सामाजिक उत्तरदायित्व अन्र्तगत ४ लाख ९७ हजार २ सय रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले जोन्ता क्लब काठमाण्डौं नेपालका अध्यक्ष सीमा गोल्छालाई हस्तान्तरण गरे ।

बैंकबाट प्राप्त उक्त रकम जोन्ता क्लबले महिला विरुद्ध हुने हिंसाबारे सचेतना जगाउने चेतनामूलक भिडियोहरुकोे विकास गर्न प्रयोग गर्नेछ । साथै विभिन्न सामाजिक संजालमा उक्त भिडियोको प्रवद्र्धन गरी हिंसा विरुद्ध आवाज उठाउन प्रोत्साहन गर्नेे उद्देश्य जोन्ता क्लबको रहेको छ ।

समाजमा भईरहेका भेदभाव, अत्याचार तथा हिंसाको विरुद्धमा आवाज उठाउने लगायत महिलाको हक अधिकारका लागि कार्य गर्दै आईरहेको संस्था, जोन्ता क्लबलाई बैंकले पु¥याएको यस सहयोगबाट महिला सशक्तिकरणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउंदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया