नवलपुर । पूर्वपश्चिम महेन्द्र राजमार्गको दाउन्ने पहाडमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । बिहिवारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा राजमार्ग ठप्प भएको हो ।
शुक्रबार बिहान विहान सवा ५ वजे पश्चिम नवलपरासीको दाउन्ने स्थित खुसार्नी खोलामा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
पहिरो खसेपछि पश्चिमबाट पूर्वतर्फ आउँदै गरेका सवारीसाधनहरु पश्चिम नवलपरासीको बर्दघाटमा र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका सवारीसाधनहरु पूर्वी नवलपरासीको दुम्किबासमा रोकिएका छन् ।
पहिरो खसेको स्थानमा अहिले पनि लगातार वर्षा भैरहेकोले सडक खुलाउन कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया