काठमाडौं । धनुषाको जनकपुर प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। बिहीबार दिउँसो ३ बजेतिर ‘अज्ञात’ समूहले अहेब देवेन्द्र ठाकुरमाथि कुटपिट गरेको हो । कुटपिटको यकिन कारण भने पत्ता लागेको छैन । ‘किन कुटपिट भयो भन्ने यकिन कारण त हामीलाई थाहा भएको छैन । तर, बिरामीको उपचार या अस्पतालसँगको विषयलाई लिएर भएको घटना भने होइन,’ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रमोद यादवले भने ।
ती व्यक्तिको कुटपिटबाट अहेब ठाकुर घाइते भएका छन् । उनले कुटपिट गर्ने व्यक्तिहरुविरुद्ध हालसम्म उजुरी नदिएको मेसु यादवले जानकारी दिए। यसअघि दुई दिन अगाडि पनि अस्पतालको एक जना चालकमाथि कुटपिट भएको थियो । कारण जे भएपनि अस्पतालभित्र स्वास्थ्यकर्मीमाथि कुटपिट हुनु दुखको कुरा भएको मेसु यादवको भनाइ छ। स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने व्यक्तिहरुलाई कडा कारबाही गरिनुपर्ने उनले बताए । दोषीलाई कारबाही नभएसम्म ढुक्कसँग काम गर्ने वातावरण नहुने उनको डा यादवको छ ।
प्रतिक्रिया