चट्याङ लागेर किशोरको मृत्यु

उदयपुर । निरन्तर वर्षासँगै परेको चट्याङबाट त्रियुगा नगरपालिका–८ देउरीमा गए राति १५ वर्षीय निशान चौधरीको मृत्यु भएको छ ।

घरमा नै चट्याङ लागेर गम्भीर घाइते भएका किशोरको उपचारका क्रममा जिल्ला अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

प्रतिक्रिया