सात लाख १५ हाजर नगदसहित ११ जना जुवाडे पक्राउ

काभ्रे । प्रहरीले सात लाख १५ हाजर नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाको सक्रियतामा मंगलबार बनेपा नगरपालिका – १४ को खालचौरस्थित थोप्चेन तामाङको घरमा अवैध रुपमा बाजि थापी पैसा हारजित हुने गरी जुवातास खेलीरहेका छन् भन्ने विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरी नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएस्पी हरि खतिवडाले बताए ।

उनका अनुसार प्रहरी अधिकृतसहितको टोली उक्त स्थानमा खटिएर उक्त घरको अण्डर ग्राउण्डको कोठामा अवैध रुपमा तास खेली–खेलाईरहेको अवस्थामा जुवाको खालबाट नगदसहित र उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनिहरुलाई मुलुकी फौजदारी आचारसंहिता, ‘२०७४’ को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा जिल्ला प्रशासन कार्यालय काभ्रेबाट म्याद थप तथा अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको छ ।

पक्राउ पर्नेहरुमा बनेपा नगपालिका – १० को जनागाल बस्ने वर्ष २८ का कृष्ण केसी, साविक शिखर आम्बोटे गाबिसवडा नम्बर ०९ हाल परीवर्तित रोशी गाउँपालकिा – ३ को साजाकोट वस्ने बर्ष ३५ को पाराङ लामा भन्ने खड्ग सिंह लामा, बनेपा नगरपालिका – ११ को पाकु टोल बस्ने वर्ष ४४ का सुमन अधिकारी, बनेपा नगरपालिका – १४ को साँगा बस्ने वर्ष ४० का गणेश थापा, बनेपा नगरपालिका – ७ को धनेश्वर बस्ने वर्ष ४२ का अनिल मुस्याजु, रोशी गाउँपालिका – ३ को शिखर आम्बोटे बस्ने वर्ष ३४ का हिरा लामा, रोशी गाउँपालकिा – ०१ हाल बनेपा नगरपालिका – ७ बस्ने बर्ष ३७ को चन्द्र लामा स्याङताङ ,रोसी गाउँपालकिा -३ हाल बनेपा नगरपालिका – ८ बस्ने वर्ष ३५ का थर्कमान लामा, बनेपा नगरपालिका – ६ बस्ने वर्ष २६ का किशोर अधिकारी, धुलिखेल नगरपालिका – १० को सारदाबतासे बस्ने वर्ष ३४ का छिरिङ लामा रजिल्ला भक्तपुर सुर्यविनायक नगरपालिका – ९ बस्ने वर्ष ३४ का दिपक बस्नेत रहेका छन् । उनीहरूबाट सात लाख १५ हाजर ३५ रुपैयाँ र तास नखोलेको ३ बट्टा र खोलेको ११ बुक तन्ना बरामद गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया