काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निजामती सेवा विधेयकमा भएको छेडखानीको जिम्मेवारी राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले लिनुपर्ने बताएको छ ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले समितिबाट सर्वसम्मतिले पारित भएको विधेयक पारित हुँदा संसदकै अपमान भएको बताए ।
‘समितिबाट सर्वसम्मतिले पास भएको विधेयक चलाइनु भनेको संसदको स्वतन्त्रतामाथिको हस्तक्षेप हो । यसको जिम्मेवारी समितिका सभापतिले लिनुपर्छ,’ उनले भने ।
प्रतिक्रिया