असार सम्म हुन्डाईको नयाँ वर्ष योजना विस्तार

काठमाडौ । हुन्डाईका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले आफ्नो नयाँँ वर्ष योजना ‘यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं, अघि बढौं’ असारसम्म विस्तार गरेको छ । विश्वव्यापी रोग कोभिड–१९, निषेधाज्ञाका कारण यस योजना स्थागित भएको थियो । ग्राहकवर्गलाई मध्यनजर राखी यस योजना ८ असारदेखि ३१ असार, २०७८ सम्म पुनः सुचारु गरिएको छ ।

यो योजनाअन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधा प्राप्त गर्न सकिनेछ । यो योजनाअन्तर्गत हरेक खरिदमा ग्राहकले आकर्षक नगद छुट स्क्र्याच कार्डमार्फत ७८ हजारसम्मको अतिरिक्त छुट, १५ हजार बराबरको लोयल्टी बोनस, १ लाखसम्मको एकसचेन्ज बोनस तथा एक वर्षका बिमा सुविधा प्राप्त गर्न सक्नेछन । हुन्डाईले आफ्नो सम्पूर्ण गाडीमा ६ वर्षको निःशुल्क सर्भिस तथा तीन वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरि १३ सोरुम तथा १७ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै पाँच ठूला अटोमोबाइल उत्पादकमध्ये पर्दछ ।

प्रतिक्रिया