मकवानपुरमा १२० जना कोरोना संक्रमितको मृत्यु

वाग्मती । मकवानपुरमा हालसम्म १२० जना कोरोना संक्रमितको मृत्यु भएको जनाइएको छ । हालसम्म परीक्षण गरिएकामध्ये १० हजार ५४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोनाको दोस्रो लहरसम्म आइपुग्दा मकवानपुरमा ३३ हजार ६८९ जनाको पिसिआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पहिले कोरोनाको संक्रमण धेरै भए पनि अहिले भने घट्दै गएको छ ।

हेटौँडा उपमहानगरपालिकामा कोरोना संक्रमित धेरै जना देखापरेका छन् । जिल्लाका अरु ९ स्थानीय तहमा भने कोरोना सङ्क्रमण हेटौँडाको तुलनामा कम रहेको छ ।

प्रतिक्रिया