काठमाडौं । जेसन लोप्चनले चलचित्र ‘अनन्त’ को निर्देशन गर्न लागेका छन् । प्रेमकथामा आधारित रहेर बनाउन लागिएको यो चलचित्रमा अभिनेता कर्मा शाक्य र अभिनेत्री लक्ष्मी बर्देवाको मूख्य भूमिका रहने छ । अभिनेता कर्मा र अभिनेत्री लक्ष्मीले काम गर्ने पक्का भएसँगै यो चलचित्र छायांकनमा ओर्लिसकेको छ । यी दुवै कलाकार रंगमञ्चबाट चलचित्र क्षेत्रमा आएका हुन् । अभिनयमा अब्बल भएकाले यी दुईबाट दर्शकले अपेक्षा धेरै गरेको निर्माण पक्षले जिकिर गरेको छ ।
निर्देशक जेसनले यसअघि थुप्रै छोटा चलचित्र निर्देशन गरिसकेका छन् । यो चलचित्र भने उनको पहिलो हो । आफ्नो प्रेमसम्बन्धलाई पूरा गर्नका लागि हद पार गरेको जोडीको कथालाई चलचित्रमा देखाइने निर्माण पक्षले जनाएको छ । निर्देशक जेसनको पटकथा रहेको यो चलचित्रको छायांकन २० दिनमा सक्ने लक्ष्य राखिएको छ । किपालय प्रोडक्सनको ब्यानरमा नवविजय श्रेष्ठ निर्माताका रुपमा रहेको यो चलचित्रको जिजिए ग्रुपले वितरण गर्ने छ ।
प्रतिक्रिया