रुपा र रजनीलाई शीर्ष उपाधि

काठमाडौं । रुपा पहाडी र रजनी राईले ‘मिस एण्ड मिसेज डिस्याबिलिटी क्विन २०२१’ को शीर्ष उपाधि हात पारेका छन् । रुपाले मिसेस र रजनीले मिस तर्फको उपाधि जितेका हुन् । सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न प्रतियोगितामा डीना खत्री फस्ट रनरअप र सरिता कोइराला सेकेन्ड रनरअप चुनिए । बिजेता ४ जनाले क्रमशः १५, १५, १० र ५ हजार नगदसहित विभिन्न उपहारसमेत हात पारे । अपांगता भएका व्यक्तिको क्षमता र उनीहरुमा लुकेर रहेको प्रतिभा निखार्ने र समाजमा उनीहरुलाई फरक चिनारी बनाउन सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएके आयोजकले जनाएको छ । नेपालमै पहिलो पटक आयोजना गरिएको यो प्रतियोगिता ग्रिन आर्ट मिडिया प्रालिले सांस्कृतिक समाज नेपालको सहकार्यमा आयोजना गरेको हो । प्रतियोगितामा बेस्ट स्माइल रुपा पहाडी, बेस्ट डिसिप्लेन मीरा तामाङ, मस्ट ट्यालेन्टेड संगीता मागी, मोस्ट फोटोजेनिक टीना महर्जन, मस्ट अमाजिनो मीना शर्मा, बेस्ट फर्सनालिटी निर्मला भण्डारी, मस्ट हम्बल अनु राई, मस्ट फ्रेन्ड्ली सरिता कोइराला, मस्ट ग्ल्यामर गंगा छन्त्याल, मस्ट कन्फिडेन्ट तुलसा थापा मगर, बेस्ट स्क्रिन रजनी राई र मस्ट ब्युटिफुल अस्मी दुलालले हात पारे ।

पूर्वमिस नेपाल इभाना मानन्धर, व्यवसायी सीमा जोशी, प्रेरणा मरासैनी प्रधान, किशोरभक्त श्रेष्ठ, सांस्कृतिक समाज नेपाल (सिएमपिडी नेपाल) का सभापति सरिता थुलुङ्लगायत निर्णायक रहेको प्रतियोगितामा रविन्द्रप्रताप शाह मुख्य अतिथि रहेका थिए । एलिना शाक्य तुलाधर कोअडिनेटर, परि श्रेष्ठ बोड मेम्बर रहेको प्रतियोगिताबाट उठेको रकम ५० हजार सिएमपिडी नेपाललाई सहयोगको रुपमा प्रदान गरिएको थियो । ग्रिन आर्ट मिडियाका सिइओ प्रविन लाकौलले आपांगता भएको व्यक्तिलाई पनि समाजमा अगाडि ल्याउनुपर्छ भनेर प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिता नेपालकै लागि ऐतिहासिक भएको दाबी उनको रहेको छ । प्रतियोगिताको कोरियोग्राफी अनिला श्रेष्ठले गरेकी थिइन् ।

प्रतिक्रिया