धनगढी । सुदूरपश्चिममा तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण देखिएको छ । एक साताअघि उनीहरूसहित २० जनाको स्वाब संकलन गरी जाँच गरिएकोमा तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
कैलालीको त्रिनगर नाका हुँदै भारतबाट फर्केका उनीहरूको स्वाब काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । संक्रमितहरू कञ्चनपुर, डडेल्धुरा र डोटीका हुन्। अहिले संक्रमित तीनै जना होम आइसोलेसनमा रहेको बताइएको छ ।
प्रतिक्रिया