चन्दा उठाउने तीन जना पक्राउ

काठमाडौं, २३ भदौ । चन्दा उठाउँदै गरेका शिव सेनाका कार्यकतालाई प्रहरीले काठमाडौंको कलंकीबाट पक्राउ गरेको छ ।
कलंकीस्थित मकालु पेट्रोल पम्प नजिक चन्दा उठाई रहेका शिव सेनाका कार्यकर्ता बताउने दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कलंकी बस्ने ३५ बर्षीय अजिल झा र स्युचाटार बस्ने ३० बर्षीय किशोर गड्तौलालाई शुक्रबार चन्दा रसिद प्याड सहित पक्राउ गरेको हो ।
यसैगरी, बल्खु चोकमा चन्दा उठाई रहेका अनेरास्ववियुका एक कार्यकतालाई पक्राउ गरेको छ ।
कीर्तिपुर बस्ने बारा जिल्ला घर भएका २४ बर्षीय ध्रुवलाल सहनीलाई प्रहरीले अनेरास्ववियु लेखिएको रसिद प्याड सहित पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया