दाङ जिविसको बजेट १ अर्व ७ करोड

दाङ, २६ फागुन । जिल्ला बिकास समिति दाङले आर्थिक वर्ष २०६९, ७०का लागि १ अर्व ७ करोड वढिको वजेट विनियोजन गरेको छ । जिविस दाङको २० औ जिल्ला परिषद्मा उक्त वजेट विनियोजन गरीएको हो ।

विनियोजन वजेट अन्तरगत आन्तरीक श्रोत तर्फ ६ करोड ९३ लाख ५ हजार र नेपाल सरकारको अनुदान तर्फ ४६ करोड ६९ लाख ४० हजार रहेको छ । दातृ निकायका तर्फबाट २ करोड ७७ लाख ४४ हजार ९सय ५८ रुपैया, निक्षेपित कार्यालयको तर्फबाट ५० करोड ६२ लाख २ हजार ४ सय ५५ रुपियाँ गरी कुल १ अर्व ७ करोड १ लाख ९२ हजार ४सय १३ रुपियाको बजेट दाङका स्थानीय विकास अधिकारी विष्णुप्रसाद पोखरेलले प्रस्तुत गरेका थिए ।

बजेट प्रस्तुत गदै पोखरेलले दाङमा कृर्षि, पर्यटन पूर्वाधार लगाएत लक्षितवर्गको विकासका लागि जिल्ला विकास समिति दाङले प्राथमिकताका साथ कार्यक्रम अगाडि वढाउने जानकारी दिए । उनले आर्थिक, सामाजिक र समावेसी विकासद्धारा सामाजिक रुपान्तरण गरी जनताको जिवनस्तरमा अनुभुति गर्ने खालको सुधार ल्याउने बताए ।

कुल बजेटको ३५ प्रतिशत रकम समाबेशी कार्यक्रम अन्र्तगत दलित, महिला, बालबालिका, क्षमता विकास, मधेशी, पिछडावर्ग आदिबासी जनजाति, यौनिक अल्पसंख्यकका लागि छुट्याइएको जिविसले जनाएको छ । जिविस परिषदले वातावरण, संस्कृति पर्यटन, खानेपानी, बिद्युतमा पनि बजेट बिनियोजन गरेको छ ।

प्रतिक्रिया