मुगुमा नगरप्रहरी

मुगु । छायाँनाथ रारा नगरपालिकाले पहिलो पटक नगरप्रहरीको भर्ना गरेको छ । मुगु जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले नगरप्रहरीको भर्ना लिई छनोट भएका ३१ जना रिकु्रट नगर प्रहरीलाई विशेष तालिमका लागी जिल्ला प्रहरी कार्यालय संग तालीकाको समन्वय गरेको हो । बुधबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले शान्ती सुरक्षा अमनचयन कार्यम गर्न नगरपालिकाले पहिलो पटक नगर प्रहरी भर्ना गरी आधरभुत तालिमका लागी जिल्ला प्रहरी कार्यालय संग सर्हकाय गरेको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय मुगु मार्फत उनीहरुलाई ३ महिना प्रहरीको आधारभूत तालिम सञ्चालन गरिने छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेत ३ को ११ अनुसार नगरपालिका,गाउँपालिकाले नगरप्रहरी भर्ना गर्ने नियम अनुसार छायाँनाथ रारा नगरपालिकाले पहिलोपटक ३१ जना नगरप्रहरी भर्ना गरेको छायाँनथ रारा नगरपालिकाका नगर प्रमुख हरीजंग शाही बताए ।

उनका अनुसार पेशागत, सैद्धान्तिक तथा व्यवहारिक आधारभुत तालिमका लागि जिल्ला प्रहरी कार्यलय संगको समन्वयमा तालिमको लागी जिल्ला प्रहरी कार्यालय मुगुको जिम्मा लगाएको नगर प्रमुख शाहीले बताए ।
तलिमको उद्घाटनमा बोल्दै पुर्व शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले नगरपालिकाले नमुना कामको थालनी गरेको बताए । नगर प्रहरीले पनि उत्तरदायित्वभई सही ढंगले कार्यको बहन गर्दै पेशागत मर्यादा राख्नुपर्नेमा जोड दिए ।

तालीममा रिक्रुट नगरप्रहरीलाई अनुशासन, नगरप्रहरीको काम कर्तव्य तथा हुनुपर्ने गुणहरु, कार्यालय सुरक्षा विधि, सुरक्षा लगायत नगरप्रहरीको १२ वटा अधिकार महत्वपुर्ण काम र ध्यान दिनुपर्ने कुराहरु, तथा खतराको मूल्याँकनका आधारहरु, तनाव व्यवस्थापन, मेला पर्वको सुरक्षा, जुलुुस तथा आमसभाको सुरक्षा व्यवस्थाका बारेमा आधारभुत तालिम दिईने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक नरेश विकले बताए ।

उनका अनुसार बजार व्यवस्थापन, अग्नि नियन्त्रण र सरसफाई तथा फोहर नियन्त्रण प्राथमिक उपचार तथा घाइते उद्धार, बजार अनुगमन तथा व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणका बारेमा ३ महिना आधारभुत नगर प्रहरीलाई तालिमका बारेमा विशेष तालिम दिईने प्रहरी निरिक्षक विकले बताए ।
नगरपालिकाले भर्ना गरेको नगर प्रहरीमा प्रहरी सहायक निरीक्षक १ नगर प्रहरी हवल्दार ५ र नगर प्रहरी जवान २५ जना रहेका छन

प्रतिक्रिया