उपचार गर्दै भारतीय नेता भेट्दै

काठमाडौं, २२ भदौं । उपचारका लागि नयाँ दिल्लीमा रहेका नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले भारतीय नेताहरुसँग भेटबार्ता गरेका छन् ।
केही दिन अघि ‘सिपलिङ टेष्ट’का लागि नयाँ दिल्ली पुगेका महामन्त्री सिंहले विभिन्न दलका भारतीय नेताहरुसँग भेट गरेर नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा परामर्श गरेका हुन् । भेटका क्रममा नेपालको गतिरोध अन्त्य, शान्ति र संविधानलगायतमा पनि परामर्श भएको थियो ।
उनले जनार्दन दुवे, करण सिंह, डिपी त्रिपाठी, शरद यादवलगायतका भारतीय नेताहरुसँग भेटबार्ता गरेको उनका सहयोगीहरुले जानकारी दिए ।

प्रतिक्रिया