प्युठान कारागारका १५ कैदीबन्दीलाई सीप सिकाउदै

प्युठान । प्युठान कारागारमा रहेका १५ जना कैदीबन्दीलाई विद्युत जडान सम्वन्धि सीप सिकाउन थालिएको छ । घरेलु तथा साना उद्योग विकास समिति प्युठान र जिल्ला कारागार प्युठानको सहकार्यमा कैद भुक्तान सकिन लागेका १५ जना कैदीबन्दीलाई स्वरोजगार बनाउने उदेश्यले विद्युत जडान सम्वन्धि सीप सिकाउन थालिएको हो ।

शुक्रबार तालिम उ्दघाटन गर्दै प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले कैद भुक्तान गरेर घर फर्कदा सीप लिएर जाँदा सहजता होस् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । उनले सहभागीलाई प्रभावकारी रुपमा तालिम लिन आग्रह समेत गरे । सीप सिक्ने मात्र होईन व्यबहारमा प्रयोग गरेर आत्मनिर्भर हुनु पर्ने बताए ।

अहिले कैद भुक्तान गरिरहेका मध्ये कैद समय सकिन लागेका तथा कम कैद समय तोकिएका १५ जना पुरुष तालिमको लागि छनोट गरिएको जिल्ला कारागार प्रमुख सुर्य बहादुर पन्तले बताए । उनका अनुसार १८ देखि ४० बर्ष उमेर समुहका दलित, जनजाति तथा यूवालाई प्राथमिकता दिइएको छ ।

दुई लाख रुपियाँको लागतमा एक महिने तालिम आयोजना गरिएको घरेलु तथा साना उद्योग कार्यालय प्युठानका प्रमुख खेमबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया