प्रज्ञामा पुस्तक प्रदर्शनी, ४० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले पुस्तक प्रदर्शनी आयोजना गरेको छ । वसन्त पञ्चमी, राष्ट्रिय प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा भानुभक्त बैठक कक्षमा पुस्तक प्रदर्शनी आयोजना गरेको हाे ।

कुलपति गंगाप्रसाद उप्रेतीले भने, ‘यो प्रदर्शनी दुई सातासम्म चल्नेछ । यस प्रदर्शनीबाट पठन संस्कृतिको प्रवद्र्धन हुनुका साथै पुस्तकप्रेमीहरूले एकै स्थानबाट भाषा, साहित्य, संस्कृति, इतिहास, दर्शन, समाजशास्त्र लगायतका विविध विधाका महत्त्वपूर्ण पुस्तक प्राप्त गर्न सक्नेछन् । यो प्रदर्शनीको विशेषता यही नै हो ।’ प्रदर्शनीमा पुस्तक खरिद गर्दा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया