किसानलाई कृषि उपकरण वितरण

विराटनगर । मोरङको सुुनवर्सी नगरपालिकाले किसानलाई सिँचाइका लागि मटर तथा विषादी छर्कने इलेक्ट्रक स्प्रेयर मेसिन वितरण गरेको छ । नगरपालिकाले ४५ वटा कृषक समूहलाई सिँचाइका लागि मटर तथा ९० जनालाई स्प्रेयर मेसिन वितरण गरेको हो । नगरपालिकाले किसानलाई करिब १५ लाख बराबरको कृषि उपकरण वितरण गरेको नगरपालिकाका कृषि अधिकृत नरेशकुुमार साहले बताए । सो मध्ये किसानले ५० प्रतिशत तथा नगरपालिकाले ५० प्रतिशत रकम बेहोरेका छन् ।

नगरपालिकाका प्रमुुख कालिप्रसाद दास तथा प्रमुुख प्रशासकीय अधिकृत पुुरुषोत्तम घिमिरेले कृषक आवद्ध कृषि सहकारी तथा कृषक फर्मलाई उपकरण वितरण गरेका हुन । साना किसानलाई लक्षित गर्दे नगरपालिकाले सो कार्यक्रम ल्याएको हो । एउटा मटरबाट पाँच बिघाभन्दा बढी जग्गामा सहजै सिँचाइ पुु¥याउन सकिन्छ । कृषि यान्त्रीकरणमा जोड दिँदै कृषि उत्पादन बढाउन किसानलाई कृषि उपकरण वितरण गरेको नगरपालिकाका प्रमुुख कालीप्रसाद दासले बताए । यसैगरी किसानलाई सहजै रूपले सिँचाइ पुु¥याउन नगरपालिकाले डिप बोरिङसमेत सञ्चालनमा ल्याउने तयारी गरेको छ । कृषि तथा तरकारी उत्पादनका लागि उर्वराभूमि मानिएको सो नगरपालिकाले प्रत्येकवर्ष बजेट छुुट्याएर अनुुदानमा किसान लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया