दक्षिणकालीमा मिनी ट्रक खस्यो, दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा मिनी ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ। मंगलबार राति साढे ८ बजे दक्षिणकाली नगरपालिका ९ स्थित बा ३ ख ६१९९ मिनी ट्रक बाटोबाट ५० मिटर तल खसेको थियो।

मिनी ट्रक खस्दा त्यसमा सवार मकवानपुर घर भएका ३१ वर्षीय चालक मोहनलाल रुम्बा र अछाम घर भइ दक्षिणकाली बस्ने २८ वर्षीय गोमबहादुर बुढा गम्भीर घाइते भएका थिए।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार उनीहरूको उपचारका क्रममा मृत्यु भएको थियो । उपचारको लागि दुबैलाई काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो। उनीहरूको मंगलबार राति नै उपचारको क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया