युवालाई स्वदेसमै रोजगारी आवश्यक

काठमाडौ । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले यूवा जनशक्तिलाई स्वदेशमै रोजगारी दिुनपर्ने बताएका छन । उनले युवाको वाहुल्यता रहेको, जैविक विविधताले भरिपूर्ण र दुई विशाल अर्थतन्त्र भएका छिमेकी देशको बीचमा समृद्धिको बलियो आधार भएकाले नेपालसंग अथाह सम्भाव्यताबाट फाइदा लिनुपर्ने बताएका हुन । स्टार्ट अप एण्ड इनोभेशन समितिले पूर्णता पाएको अबसरमा उनले त्यस्तो धारणा राखेका हुन ।

गोल्छाले नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा साना तथा मझौला उद्यम व्यवसायनै भएकाले यो क्षेत्रलाई कसरी माथि उठाउन सकिन्छ र कामका लागि वाहिरने यूवा शक्तिलाई पर्याप्त रोजगारी सृजना गरी मुलुकभित्रै राख्न सकिन्छ भन्नेतर्फ महासंघको विशेष जोड रहेको पनि स्पष्ट पारेका थिए । त्यसका लागि स्टार्ट अपमा आफूलाई स्थापित गरेका उद्यमीको सहयोग र सहकार्य महासंघले खोजेको उनको भनाई थियो ।

महासंघका उपाध्यक्ष अंजन श्रेष्ठले कोभिडका कारण अर्थतन्त्रमा निकै धेरै चुनौती थपिएकाले मुलुकभित्र रोजगारी सृजना, कामका लागि वाहिरनु पर्ने बाध्यताको अन्त्य गर्नुपेर्न बताए । उनले पढे लेखेको यूवा वर्गलाई स्वदेशमै आकर्षित गर्नेतर्फ सबैको जोड हुनुपर्ने भन्दै महासंघले आफ्ना सवै समिति फोरमको परिचालन मार्फत मुलुकभित्र उद्योग व्यवसायको विस्तार, रोजगारी सृजनामा कार्य गर्ने बताए ।

महासंघका सदस्य रंजितराज आचार्यको सभापतित्वमा गठित स्टार्ट अप एण्ड इनोभेशन समितिले पुर्णता पाएको छ । समितिको सहसभापतिमा सिद्धान्तराज पाण्डे र सुमन शाक्य र सदस्यहरूमा प्रकाश देव पालिखे,निरज खनाल, दिपेन्द्र चौलागाई, मौसमी श्रेष्ठ, सुमना श्रेष्ठ र स्वर्णा ताम्राकार रहेका छन । साथै समितिको आमन्त्रित सदस्यमा तेञ्जिग सोनर गोम्सर र कविराज जोशी छन । सल्लाहकारमा महासंघका पूर्व सदस्य ओम राजभण्डारी, शौरभ ज्योति र अनिल चित्रकार रहेका छन । उनिहरुलाई अध्यक्ष गोल्छाले औपचारिक पत्र पनि हस्तान्तरण गरेका छन ।

एशियन कोअपरेशन डाइलगमा महासंघ
टर्कीमा बुधबार देखी आयोजना भएको उद्योग वाणिज्य संघको पहिलो भर्चुअल अन्तराष्ट्रिय सम्मेलनमा एशियन कोअपरेशन डाइलगको सदस्य राष्ट्रको परराष्ट्र मन्त्रिस्तरीय संयन्त्रको सत्रौं बैठकमा नेपाल उद्योग वाणिज्य महासंघले सहभागिता जनाएको छ । उक्त बैठकमा महासंघको तर्फबाट द्विराष्ट्रिय तथा एनआरएन समन्वय फोरमका सभापति देश बन्धु बस्नेतले भाग लिएका हुन ।

उक्त कार्यक्रमको द इकोनोमिक स्टेट अफ प्ले इन द एशियन कोअपरेशन डाइलग मेम्वर्स कन्ट्रिज विषयक राउण्ट टेवल बैठकमा नेपालको प्रतिनिधित्व गर्दै सभापति वस्नेतले एशियाका मूलुकहरु बीच यातायात संयन्त्रको विकास, नीतिगत एकरुपताको आवश्यकतामा जोड दिएका थिए । नेपालमा व्यवसाय तथा लगानीका सम्भावना तथा आकर्षण बारे कार्यक्रममा प्रकाश पार्दै नेपालमा लगानीका लागि उनले आग्रह गरेको पनि महासंघले जनाएको छ । सम्मेलनलाई टर्कीका वाणिज्य मन्त्री रुसर पिकेक्यान तथा यूनियन अफ चेम्वर्स अफ कमर्स एण्ड कमोडिटी एक्सचेन्ज अफ टर्कीका अध्यक्ष रफित हसआरचिकेलुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया