‘ओलीले कि पद छोड्नुपर्छ कि कामचलाउ भएको स्वीकार्नुपर्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा सहभागी नेता नेपालले संसद विघटन गरेपछि संसद नहुने भन्दै संसद नरहेपछि प्रधानमन्त्री पनि नरहने धारणा राखे । ‘ओलीजीले कि पद छोड्नुपर्छ कि कामचलाउ भएको स्वीकार्नुपर्छ ।’ नेपालले भने ।

ओलीले पद नछाड्ने भन्दै ओलीमा हिक्कहिक्क भइञ्जेल पदमा बसिराख्ने प्रवृत्ति भएको टिप्पणी गरे । ओलीले पद प्राप्तिका लागि प्रचण्ड र आफूलाई भ¥याङ बनाएको भन्दै प्रधानमन्त्रीमा कस्तो मान्छेलाई प्रस्ताव गरेँ भन्ने लागि रहेको बताए ।

प्रतिक्रिया