नेपाल–भारत सम्बन्ध सरकारसम्म मात्रै सीमित छैन : भारतीय रक्षा मन्त्री सिंह

काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र भारतीय रक्षा मन्त्री राजनाथ सिंहसँग भेटवार्ता भएको छ। भारतीय रक्षा मन्त्री सिंहले परराष्ट्र मन्त्री ज्ञवालीसँगको भेटवार्ता उत्कृष्ट रहेको उल्लेख गरेका छन् । नेपाल–भारतको सम्बन्ध दुई देशका सरकारमा मात्रै सीमित नभइ जनस्तरमा रहेको उनले बताएका छन् ।

दुई देशबिचको सम्बन्ध बिस्तारका अनन्तः सम्भावनाहरु रहेको भारतीय रक्षा मन्त्री सिंहले भेटपछि ट्वीट गरेर उल्लेख गरेका हुन् । वार्तामा दुई देशबिचको सम्बन्ध तथा आपसी सहयोगको विषयमा छलफल भएको बताइएको छ । परराष्ट्रमन्त्री ज्ञवाली नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन बिहीबार नयाँ दिल्ली गएका हुन् ।

प्रतिक्रिया