पत्रकार महासंघ यूरोप शाखाको अधिवेशन पेरिसमा

बेल्जियम, १६ भदौं । सेप्टेम्बर २ देखि ४ तारिकमा नेपाल पत्रकार महासँघ यूरोप शाखाको प्रथम अधिबेशन फ्रान्सको राजधानी पेरिसमा हुने भएको छ । अधिवेशनले नयाँ कार्यसमिति र नेतृत्वको चयन गर्नेछ । अधिवेशनका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले पेरिस पुगिसकेका छन् ।
गत असार ८ गते नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको दोलखाको चरिकोटमा सम्पन्न बैठकले यूरोपको विभिन्न मुलुकहरुमा छरिएर रहेका पत्रकारहरुलाई संगठित बनाउने उदेश्यले पत्रकारहरुको माग बमोजिम फ्रान्समा बस्ने दधी सापकोटाको संयोजकत्वमा यूरोप तदर्थ शाखाको मान्यता प्रदान गरेको थियो ।
संयोजक सापकोटाका अनुसार यस अधिवेशनमा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि, बिबिसी नेपाली सेवामा कार्यरत पत्रकार,  नेपाली राजदूत बेल्जियम, जर्मनी, नेदरल्याण्ड, स्पेन, इटली, फ्रान्समा कार्यरत नेपाली पत्रकारहरुको उपस्थिति रहने छ ।

अधिवेशनमा भाग लिन पत्रकार महासंघ बेलायत शाखाको एक प्रतिनिधि मण्डल शनिबार पेरिस प्रस्थान गरेको छ । अधिवेशनलाई सफल बनाउन युरोपस्थित गठन भएका नेपाली संघ संस्थाहरुले आ–आफ्ना कार्यक्रम तथा नृत्य प्रस्तुत गर्ने छन् । अधिवेशन तीन दिन चल्ने छ । निर्वाचन समितिको निर्णयले नेपाल पत्रकार महा संघ युरोप शाखाको प्रथम अधिबेशनको मतदाता नामावली सदस्यता दिने निर्णय गरेको छ ।

सदस्यता पाउनेहरुमा दधी सापकोटा, लक्ष्मण देवकोटा, बाबुराम भुसाल, पुष्प बरुवाल, सरस्वति कार्की, सन्तोस न्यौपाने, केजिन राई, प्रकाश ढकाल, टेक नेपाली, टेक गिरी, महेश थापा, निरञ्जन श्रेष्ठ, भीमकमल केसी, ईन्द्र क्षेत्री, कृष्ण तिवारी, शालिकराम गौतम, श्रीभक्त खनाल, उज्ज्वल केसी, योगेन्द्र मिलन, छन्त्याल रहेका छन् । सम्मेलनमा भाग लिन प्रमाण नपुगेका पत्रकारलाई सम्बन्धित कागज पत्र लिएर आउन पनि आयोजक समितिले आग्रह गरेको छ ।

 

प्रतिक्रिया