भट्टराई र सिंहबीच भेटवार्ता

इरान, १५ भदौ । कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराई र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच भेटवार्ता भएको छ ।
नेपाली समय अनुसार गएराति तेहरानमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको हो । असंलग्न मुलुकहरुको शिखर सम्मेलनका क्रममा सम्मेलनस्थलकै लबीमा उनीहरुका वीच एक घन्टा बढी समय भेटबार्ता भएको प्रधामन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भेटमा भारतीय प्रधानमन्त्री सिंहले नेपालको आग्रहअनुसार नै भारत सरकार नेपाललाई सहयोग गर्न तयार रहेको बताए ।

प्रतिक्रिया