नन्दादेवी सम्मान प्रदान

काठमाडौं । कलाका विविध क्षेत्रमा क्रियाशील कलाकार तथा पत्रकारलाई सम्मान गरिएको छ । अरुपण आर्ट ग्यालरीद्वारा स्थापित ‘लाइफटाइम एचिभमेन्ट स्पेसल अवार्ड २०७७’ अग्रज कलाकार प्रा.राधेश्याम मुल्मीलाई प्रदान गरियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा शुक्रबार आयोजित कार्यक्रममा ललितकला क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै प्रा.मुल्मीलाई सम्मान गरेको आयोजकले जनाएको छ । कलाका माध्यमबाट मुलुकको पहिचान र विकासमा महत्वपूर्ण योगदान पु¥याउने कलाकारलाई नन्दादेवी खनाल ललितकला स्मृति सम्मान र पुरस्कार प्रदान गरिएको छ । जसमा पौभा कलाकार राजप्रकाश तुलाधरलाई ‘टे«ेडिसन आर्टिस्ट अफ द इयर अवार्ड’ प्रदान गरिएको छ । साढे दुई दशकदेखि परम्परागत पौभा कलामा सक्रिय तुलाधरका चित्र नेपाल तथा विदेशमा प्रदर्शनी भएका छन् । तीन दशकभन्दा लामो समयदेखि कलाकारितामा सक्रिय कलाकार डिराम पाल्पालीलाई ‘मस्ट एप्रिसेटेट आर्टिस्ट अफ द इयर अवार्ड’ प्रदान गरिएको छ । त्यस्तै, रोशन प्रधानलाई ‘क्रियटिभ आर्टिस्ट अफ द इयर’, अन्तर्राष्ट्रिय जलरङ समाज नेपाल च्याप्टरलाई ‘एक्टिभ आर्ट अर्गनाइजसेन अवार्ड’ र नवकलाकार सौगात आचार्यलाई ‘इमर्जिङ आर्टिस्ट अफ द इयर अवार्ड’ बाट सम्मान गरिएको छ ।

यसैगरी, पत्रकारिताको माध्यमबाट नेपाली ललितकला क्षेत्रको विकास एवं प्रवद्र्धनमा सहयोग पु¥याएको भन्दै सञ्चारकर्मी दीपक श्रेष्ठलाई ‘आर्ट मिडिया स्पेसल अवार्ड–२०७७’ प्रदान गरिएको छ । त्यस्तै, दुई वर्षमा प्रदान गरिने ‘ललितकला पुरस्कार २०७७’ कलाकार राजकी अर्याललाई प्रदान गरिएको छ । सम्मान तथा पुरस्कार प्रदान समारोहमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले नेपाली कला क्षेत्रको विकासमा हरेक कलाकार र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहँदै आएको बताए । उनले कलाक्षेत्रको विकासमा कलाकार, पत्रकार तथा कला संघसंस्थाको योगदान रहेको बताउँदै भने, ‘सम्मानित तथा पुरस्कृत कलाकारले नेपाली कलाको विकास, प्रवद्र्धन तथा संवद्र्धनमा योगदान दिँदै देशलाई चिनाउनुहुनेछ भन्ने आशा राखेको छु ।’

सम्मानित व्यक्तित्वको मुल्मीले कलाकारको सम्मान सम्पूर्ण कला क्षेत्रकै सम्मान बताउँदै यसले अझ जिम्मेवारी थपिएको अनुभूति भएको धारणा व्यक्त गरे । उनले भने, ‘कलाकारलाई सम्मान तथा पुरस्कृत गरेर अरुपण ग्यालरीले कला क्षेत्रकै सम्मान गरेको छ ।’  ग्यालरीकी कार्यकारी निर्देशक रिता खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ग्यालरीका निर्देशक रमेश खनालले सम्मानित कलाकार एवं सञ्चारकर्मीको व्यक्तित्व चर्चा गरेका थिए । सम्मान एवं पुरस्कार छनोट समितिका संयोजक केशव राज खनालले सयौंको संख्याबाट सम्मानका लागि नाम छनोट चुनौतीपूर्ण भएको बताए । उनले नेपाली कला एवं पत्रकारिताका क्षेत्रमा लामो समयको निरन्तर र योगदानका आधारमा नाम सिफारिस गरिएको जानकारी दिए । विगत ५ वर्षदेखि अरुपण आर्ट ग्यालरीले कला क्षेत्रमा लागेका युवा तथा प्रतिभाशाली कलाकार, कलालेखक र कला पत्रकारलाई सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया