काठमाडौं । एनआइसी एसिया बैंकले दसैँको अवसरमा ‘सेलेब्रेट फर कज’ सामाजिक उत्तरदायित्व योजना ल्याएको छ । यस योजनाअनुसार बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत मोबाइल बैंकिङबाट हुने प्रत्येक कारोबारमा बैंकको तर्फबाट एक रुपैयाँका दरले सामाजिक उत्तरदायित्वका लागि योगदान गर्ने जनाएको छ ।
बैंकले ‘डिजिटल उत्सव’ योजना डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विभिन्न ब्रान्ड तथा स्टोरमा डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म आकर्षक छुट तथा नगद फिर्ता योजना ल्याएकोमा बैंकले सोही योजनाअन्तर्गत ‘डिजिटल उत्सव’ मा सो योजना समावेश गरी ल्याएको हो ।
करिब १२ लाख मोबाइल बैंकिङ प्रयोगकर्ताले १ देखि १० कात्तिकसम्म गर्नेे डिजिटल भुक्तानीलाई यस योजनामा समावेश गरिनेछ । कोरोना महामारीका कारण मुलुकका उद्योग, कलकारखाना, विकास निर्माण, बैंक तथा वित्तीय क्षेत्र लगायतका क्षेत्रहरूमा गम्भीर असर पारिरहेको अवस्थाबीच बैंकले यस अभियानमार्फत १० दिनसम्म संकलन भएको रकम कोरोना महामारीबाट गम्भीर असर भोगिरहेका वृद्धाश्रम, बालगृहजस्ता सामाजिक संस्थाहरूलाई प्रदान गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया