बन्द रसुवागढी नाका खुल्यो

काठमाडौं । रसुवागढी नाका आजदेखि सञ्चालनमा आएको छ।

कोरोना भाइरस महामारीका कारण विगत ६ महिनादेखि नेपाल–चीनको यो नाका बन्द रहेको थियो। नेपाल सरकारले चीन सरकारसँग नाका सुचारु गर्न आग्रह गरेपछि आजदेखि सञ्चालनमा ल्याइएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार बिहान ८ बजे नाकाबाट ढुवानीको काम सुरु गरिएको जानकारी दिए। दुई देशबीचको व्यापार सुचारु गर्ने सुरक्षा मापदण्डमा समझदारी बनेपछि नाका खोलिएको उनले जानकारी दिइएको छ ।

नाका सञ्चालन प्रोटोकलअनुसार दैनिक चार वटा चिनियाँ ट्रकले १ सय २० टन सामाग्री दुई देशबीचको सीमा मितेरी पुलसम्म ल्याइदिने छ। मितेरी पुलसम्म ल्याइएको सामान पुनः ढुवानी गरेर नेपाली कन्टेनरले नेपालतर्फ ल्याउने भन्सार कार्यालयले जनाएको छ। व्यवसायीहरु चीनतर्फ जान नपाउने र रसुवागढीसम्म जानका लागि पनि जिल्ला प्रशासनको पास अनिवार्य गरिएको छ ।

प्रतिक्रिया