गुल्मीमा पहिरोले एकको मत्यु, एक बेपत्ता

फाइल तस्बिर

काठमाडौं । गुल्मीमा पहिरोले गोठ बगाउँदा १८ महिने बालकको मृत्यु भएको छ।

जिल्लाको इश्मा गाउँपालिका–१ हस्तिचौरको मल्दीमा बिहीबार राति पहिरोले गोठ बगाउँदा वसन्त सारुका १८ महिने छोरा सिजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

पहिरोकै कारण सोही ठाउँका अन्दाजी २७ वर्षीया ईश्वरी खत्री घाइते भएको र उनकी सात वर्षीया छोरी बेपत्ता रहेको प्रहरीले जाएको छ । घटना स्थलमा प्रहरीको टोली जाँदै गरेकाले बिस्तृत बिबरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया