काठमाडौं । शुक्रबार पुनः २० जनामा कोरोना पुष्टि भएको छ । आज पुनः २० जना कोरोना भाइरसका बिरामी पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
डा. विकास देवकोटाका अनुसार आज बिहान ३० र दिउँसो २० जना गरी ५० जना संक्रमित थपिएका हुन् । हालसम्म नेपालमा काेराेना संक्रमित संख्या ५०७ जना पुगेको छ भने तीमध्ये ७० जना उपचारपछि निको भएर घर फर्किएका छन् । यसका साथै, तीन जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया