सर्लाही । सर्लाहीमा आज एक कार्यक्रमको आयोजना गरि बागमती सेवा समाज नेपालले सर्लाहीको सदरमुकाम समेत रहेको मलङ्ग्वास्थित जिल्ला अस्पताल, बसबरिया गाउँपालिका र चक्रघट्टा गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
स्वास्थ्य सामग्रीहरुमा सेनिटाइजर, सर्जिकल मास्क, केएन ९५ मास्क, एप्रोन र थर्मल गन हस्तान्तरण गरिएको बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कार्कीले जानकारी दिए ।
जिल्ला अस्पताल र दुई वटा स्थानीय तहसमेत गरि सेनिटाइजर १८५ थान, सर्जिकल मास्क ७५० थान, केएन ९५ मास्क ८५ थान, एप्रोन ७७ थान तथा थर्मल गन १५ थान अस्पताल र गाउँपालिकाकाअध्यक्षहरुलाई हस्तान्तरण गरिएको हो । बागमती सेवा समाजका अध्यक्ष कार्कीका अनुसार, कोरोना भाइरसको महामारीलाई न्यूनीकरण गर्नका लागि उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
प्रतिक्रिया