चार बलात्कारी पक्राउ

झापा, २१ साउन । झापा जिल्लाका अलग–अलग स्थानबाट प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।
मेचीनगर–३ की आठ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा स्थानीय रोहित परियार, अनिष राई र तमर रम्तेलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
उनीहरुले साउन–१७ गते बालिकालाई सामूहिकरूपमा बलात्कार गरेको भागेका थिए ।
यसैगरी, चारपाने–६ का ५५ वर्षीय सङ्गुल राजवंशी सुस्तमनस्थिति भएकी १८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका छन् ।
युवतीका अभिभावकको उजुरीमा इलाका प्रहरी कार्यालय बिर्तामोडले राजवंशीलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया