एनआइसीका ग्राहकलाई वाल क्लाबिङमा विशेष छुट

काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेड र अष्ट्रिक क्लाइम्बिङ वाल प्रालिबीच सेवामा विशेष छुट उपलब्ध गराउने समझ्दारी भएको छ । उक्त समझ्दारीपत्रमा बैंकको तर्फबाट बैंकका बागमती प्रदेश डिजिटल सेल्स प्रमुख राम लामिछाने र कम्पनीका तर्फबाट महाप्रबन्धक कमल घलेले हस्ताक्षर गरेका छन्। उक्त समझदारीअनुसार यस बैंकका ग्राहकहरूले बैंकको डेबिट र क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गरी ठमेलमा रहेको वाल क्लाइम्बिङ कम्पनीले उपलब्ध गराउने सेवा प्रयोग गर्दा लाग्ने शुल्कमा ३० प्रतिशत छुट हुनेछ । साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारलाई यसै समझ्दारीअनुसार ५० प्रतिशत छुट हुने जनाइएको छ । उक्त सुविधा १ वर्षसम्म लागू हुनेछ । यो समझ्दारीले यस खेलमा रमाउन चाहने सबैका लागि लाभदायी हुने बैंकले विश्वास लिएको छ ।

त्यस्तै बैंकले डेबिट र क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवाग्राहीहरूलाई कार्ड तथा मोबाइल बैंकिङका माध्यामबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,२०० वटाभन्दा बढी मर्चेन्टहरूबाट आकर्षक छुट प्राप्त गर्न सक्ने जनाएको छ । उक्त छुट देशभर रहेका विभिन्न ख्यातिप्राप्त अस्पतालहरू, होटल, रिसोर्ट, रेष्टुराँ तथा विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरूबाट सेवा प्राप्त गर्न सक्ने जनाइएको छ । बैंकले हाल मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५० एटिएम, १०६ वटा एक्स्टेन्सन काउन्टर एवं ५२ वटा शाखारहित बैंकिङ मार्फत् सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

प्रतिक्रिया