अर्थमन्त्री खतिवडाद्वारा सञ्चार मन्त्रालयको पदभार ग्रहण

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडालाई दिइएको छ । अर्थमन्त्री खतिवडाले आइतबार सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनले मन्त्रालयमा पुगेर सञ्चार मन्त्रालयको पदभार ग्रहण गरे ।

७० कुरोडको कमिसनको अडियो प्रकारणपछि सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले राजिनामा दिएपछि रिक्त रहेको उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले डा. खतिवडालाई तोकेकी थिइन् ।

पदभार ग्रहण गर्दै मन्त्री खतिवडाले सञ्चार मन्त्रालयबारे केही न केही जानकारी बजेट निर्माणका क्रममा हुने गरेको बताए । उनले प्रधानमन्त्री ओली र राष्ट्रपतिले भण्डारीले आफूलाई ठूलो जिम्मेवारी दिएको बताएका छन् ।

प्रतिक्रिया