नैतिकताकाे आधारमा राजीनामा दिएँः बास्कोटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले आफ्नो बारेमा प्रश्न उठेको जनाउँदै नैतिकताका आधारमा आज पदबाट राजीनामा दिएको बताएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा कमिशनको लागि कुराकानी भएको अडियो सार्वजनिक भएलगत्तै आज ट्वीट गरी मन्त्री बास्कोटाले राजीनामा दिएको बताएका हुन् । उनले फेसबुक पेजमा पनि स्टाटस लेख्दै भनेका छन्, ‘मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको जानकारी गराउँदछु धन्यवाद ।’

 

प्रतिक्रिया