‘पुलिसले मेरो घाँटी पक्डियो, हातपात गर्‍यो’

बीबीसी । भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीले आफूमाथि महिला प्रहरीले घाँटी पक्रिएको र हातपात गरेको दाबी गरेकी छन् । नागरिकता संशोधन कानुनको विरोध गरेको आरोपमा गिरफ्तार एक रिटायर्ड प्रहरी अधिकारीको घर जाँदै गर्दा उनलाई रोकेर उक्त व्यवहार गरिएको प्रियंकाको दाबी छ ।

उता उत्तर प्रदेश प्रहरीले भने प्रियंकाको दाबी गलत भएको भन्दे खण्डन गरेको छ । प्रियंका निर्धारित भन्दा अर्कै बाटोबाट गएकाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै उनलाई रोकिएको प्रहरीले जिकिर गरेको छ ।

यद्यपी प्रियंकाले भने आफूलाई बलपूर्वक रोकिएको बताएकी छन् । मलाई बलपूर्वक रोकियो, महिला अधिकारीले मेरो गला पक्रेर तानिन्, प्रियंकाले भनेकि छन्, यद्यपी मेरो अठोट निश्चिल छ । म उत्तर प्रदेश प्रहरीको दमनको सिकार भएका हरेक नागरिकका साथ खडा छु ।

 

https://www.facebook.com/priyankagandhivadra/videos/516688618944316/

 

प्रतिक्रिया