सञ्चार मन्त्रीलाई नहटाए समर्थन फिर्ता

काठमाडौं, ७ साउन । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका कार्यबाहक अध्यक्ष नन्दनकुमार दत्तले सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवलाई एक साताभित्र पदमुक्त नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने दोहराएका छन् ।
उनले भने, ‘यादवलाई नहटाए विपक्षीहरुको मोर्चामा सहभागी हुन्छौं ।’ काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर उनले पार्टीको सिफारिसमा मन्त्री भएका यादवलाई फिर्ता बोलाउँदा समेत प्रधानमन्त्रीले फिर्ता नपठाएर राखिरहेको आरोप लगाए ।
उनले फोरम गणतान्त्रिक पार्टी फुटाउन प्रधानमन्त्री बाबुराम भट्टराई सहायक बनिरहेको दाबी गर्दै प्रधानमन्त्री विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

गणतान्त्रिक फोरमको आन्तरिक विवादका कारण दत्त समूहले सञ्चारमन्त्री समेत रहेका यादवलाई बहुमतले हटाई दत्तलाई नै कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको दाबी गर्दै आएको छ ।

यसैवीच, फोरम गणतान्त्रिकले उपाध्यक्षमा ओमप्रकाश यादवलाई मनोनयन गरेको छ ।

प्रतिक्रिया