साइन रेसुंगा बैंक र खल्ती वालेटबीच सम्झौता

काठमाडौं । ‘साइन रेसुंगा डेभलपमेन्ट बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बिच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ । साइन रेसुंगा डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रमोद पौडेल र खल्तीका तर्फबाट निर्देशक ध्रुव अधिकारीले सोमबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

यस सम्झौताअनुसार अब साइन रेसुंगा डेभलपमेन्ट बैंकका ग्राहकहरूले उक्त बैंकको मोबाइल बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरूको भुक्तानी गर्न सक्नेछन् । साइन रेसुंगा डेभलपमेन्ट बैंक एक क्षेत्रीय स्तरको बैंक हो । बैंकले हाल पश्चिमाञ्चल क्षेत्रका विभिन्न स्थानमा सञ्चालित ३९ शाखा कार्यालयहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया