जोसे माउरिन्हो प्रशिक्षणमा फर्किन आतुर

एजेन्सी, म्यानचेष्टर । प्रशिक्षक जोसे माउरिन्होले फुटबलको व्यवस्थापनमा फर्किन आफू आतुर रहेको बताएका छन् । उनले आफू सही क्लबको प्रतिक्षामा रहेको समेत खुलाएका छन् । ५६ वर्षका माउरिन्होलाई गत डिसेम्बरमा प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडले बर्खास्त गरेको थियो ।

‘म फुटबलमा फर्किन निकै भोको छु । तर सही क्लबको प्रतिक्षामा छु । र सही कामको प्रतिक्षामा छु ।’ उनले भनेका छन् । ‘म त्यही चिज गर्न चाहन्छु । जुन चिज मलाई गर्न मन पर्छ । म काम गर्न मन पराउँछु । र मलाई अन्य खेल समेत मन पर्छ । र यो आनन्द लिने अर्को मौका हो ।’ उनले थपे । उनले चेल्सीका नयाँ प्रशिक्षक फ्रान्क लाम्पार्डको विषयमा भने प्रतिक्रिया दिन अस्विकार गरे । माउरिन्होले चेल्सीमा मुख्य प्रशिक्षकको रूपमा पाँच वर्ष बिताएका थिए ।

क्लब फुटबलका सफल प्रशिक्षक माउरिन्होलाई कीर्तिमानी मूल्यमा चीनियाँ क्लब हेर्न समेत प्रस्ताव आएको छ । उनले पोर्टो, ईन्टर मिलान, रियल मड्रिड जस्ता विश्व स्तरीय क्लबमा प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । उनले जुनसम्म प्रशिक्षकको रूपमा आफू फर्कने आशा ब्यक्त गरेका थिए । तर पछिल्लो समय उनी कुनै देशको राष्ट्रिय टिममा काम गर्न इच्छुक रहेको बताउन थालेका छन् ।

प्रतिक्रिया